७ सय ६१ सिंहदरबारको भार देशले थेग्न सक्दैन : प्रभु साह « Drishti News – Nepalese News Portal
Logo

७ सय ६१ सिंहदरबारको भार देशले थेग्न सक्दैन : प्रभु साह


दृष्टि संवाददाता


काठमाडाैं । पूर्वमन्त्री प्रभु साहले ७ सय ६१ सिंहदरबारको भार देशले थेग्न नसक्ने बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित काठमाडौं-प्रदेश २ सम्पर्क मञ्चसँगको छलफलका क्रममा पूर्वमन्त्री साहले नेपालको सन्दर्भमा ७६१ वटा सरकार रहने व्यवस्था लादेर मुलुकलाई अस्तव्यस्त बनाएको टिप्पणी गरे ।

क्षेत्रफलमा विशाल र आर्थिक रूपमा अग्रस्थानमा रहेका देशहरूमा ५०/६० वटा मात्र सरकार रहेको भन्दै उनले नेपालमा गलत ढंगले सयौं सरकार जन्माइएको बताए ।

उनले संसारमा कहिँ पनि नभएको ७६१ वटा सरकार नेपालमा मात्र रहेको, शासक वर्गलाई आरक्षण नेपालमा मात्र रहेको, पक्षपातपूर्ण राजस्व बाँडफाड नेपालमा मात्र रहेको, अरु देशको नागरिकता लिइसकेको व्यक्तिलाई पनि नागरिकता दिनेजस्ता व्यवस्थाहरू नेपालमा मात्र रहेकोले देशलाई खोक्रो बनाउने कार्य भइरहेको टिप्पणी गरे ।

‘संसारमा काहिँ नभएको तीन तहको सरकार नेपालमा छ । दर्जनौ संवैधानिक निकाय नेपालमा मात्र छन् । संसारमा काहिँ नभएको शासक वर्गलाई आरक्षण नेपालमा छ । पक्षपातपूर्ण राजस्व बाँडफाड नेपालमा मात्र छ । अरु देशको नागरिकता लिइसकेको व्यक्तिलाई पनि नागरिकता दिने व्यवस्था नेपालमा छ । देशलाई खोक्रो बनाउने यस्ता व्यवस्था राखेर महान कार्य गर्यौ भन्न अलिकिति पनि लाज नमान्नेहरू पनि छन्’, पूर्वमन्त्री साहले भने । 

प्रतिक्रिया दिनुहोस्