Logo
Logo

पेस्तोलसहित युवक पक्राउ



दाङ । प्रहरीले दाङबाट स्वचालित पेस्तोलसहित एक युवकलाई पक्राउ गरेको छ । घोराही–१३ बडहरा बस्ने २५ वर्षीय इन्द्रकमल बुढामगर एक थान पेस्तोलसहित पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय दाङबाट डिएसपी मुकुन्द प्रसाद रिजालको कमाण्डमा खटिएको प्रहरी टोलीले रा ५ प ८७६२ नम्बरको स्कुटीको डिकीभित्र रातो प्लाष्टिकले छोपेर लुकाई राखेको अवस्थामा एक थान एटोमेटिक पेस्तोल, त्यसको म्यागाजिन र एक थान गोली बरामद गरेको छ ।

बुढामगरसहितको टोलीले २०७० बैशाख २५ गते स्थानीय साने घर्तीलाई गम्भीर घाइते बनाएका थिए । सो घटनामा बुढामगर २ बर्ष ६ मिहना कैद सजाय भुक्तान गरि निस्केका थिए । उनीविरुद्ध थप अनुसन्धान गरी हातहतियार तथा खरखजाना ऐन अन्तर्गत मुद्दा चलाइने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्