Logo
Logo

नेपाल-चीन सीमा अध्ययन गर्न समिति गठनदेखि संसद अधिवेशन आह्वानसम्म



हेडलाइन्स् :

१. पछिल्लो २४ घण्टामा नेपालमा १ हजार २४ जनामा कोरोना भाइरस पुष्टि, २ हजार १ सय ९५ संक्रमणमुक्त, नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ७ लाख ६८ हजार २ सय ९५ पुग्यो, हालसम्म निको हुनेको संख्या ७ लाख २५ हजार ६ सय ५१ पुग्यो, संक्रमणबाट थप ९ जनाको मृत्यु, हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ८ सय १८ पुग्यो ।

२. राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा भदौ २३ गते अपराह्न चार बजेका लागि संघीय संसद्को अधिवेशन आह्वान, सत्तारुढ गठबन्धनबीच बिहान भएको छलफलपछि बोलाइएको मन्त्रिपरिषद बैठकद्वारा बैठक आह्वान गर्न राष्ट्रपतिलाई सिफारिस गरेपछि बैठक आह्वान, अधिवेशनमा सरकारले हालै ल्याएको राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश पेश हुने ।

३. हुम्लाको नाम्खामा नेपाल–चीन सीमा अध्ययन गर्न गृहका सह–सचिव आचार्यको संयोजकत्वमा समिति गठन, गाउँपालिका वडा नम्बर ५ र ६ मा पर्ने ’नेपाल–चीन सीमा विवाद’ अध्ययन गर्न प्रहरी,सशस्त्र प्रहरी र नापी विभागका अधिकारी सम्मिलित समिति गठन गरिएको गृह मन्त्रालयद्वारा जानकारी, चीनतर्फको सीमा क्षेत्र छुट्याउने ११ र १२ नम्बर स्तम्भको नेपाली भू–भाग मिचिएकोबारे समितिले अध्ययन गर्ने ।

४. चीनसँग कुनै किसिमको सीमा विवाद नरहेको नेकपा एमाले अध्यष केपी शर्मा ओलीको दावी, चीनसँगको सीमा विवाद अध्ययन गर्न समिति बनाएकोप्रति पनि ओलीको आपत्ति, अरुलाई खुसी पार्न समिति गठन गरेको आरोप, सीमा विवाद पुष्टि गर्न समितिलाई ओलीको चुनौती, अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेस (एमसीसी) सम्झौताबारे प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’को धारणा माग ।

५. सभामुख अग्नी सापकोटालाई प्रतिनिधिसभाको बैठक सञ्चालन गरेर देखाउन एमाले महासचिव ईश्वर पोखरेलको चुनौती, एमालेले कारवाही गरेका १४ सांसदको विषयमा सभामुखले गरेको निर्णय आपत्तिजनक भएको पोखरेलको टिप्पणी, सभामुखले पदीय गरिमा जोगाउन नसकेर माओवादी अध्यक्ष प्रचण्डको मामुली कार्यकर्ता बनेको पोखरेलको आरोप ।

६. नवगठित नेकपा (एकीकृत समाजवादी)की नेता रामकुमारी झाँक्रीद्वारा एमसीसीको बिरोधमा उत्रिएको भन्दै एमाले अध्यक्ष केपी ओली र उपाध्यक्ष भीम रावलको चर्को आलोचना, ओली र रावलले राष्ट्रवादको आफूलाई पायक पर्ने गरि व्याख्या गर्ने गरेको टिप्पणी, ५३ सालमा महाकाली सन्धी गर्ने व्यक्तिबाट आएको विरोध अपाच्य भएको तर्क ।

७. भारतीय सेनाका तर्फबाट आठ पूर्व प्रधानसेनापतिलाई निमन्त्रणा आएको जंगी अड्डाको भनाइ, दुई देशबीचको सैनिक घनिष्ट सम्बन्ध थप सुदृढ तुल्याउने अवसरको रूपमा लिनुपर्ने दावी, विगतको अभ्यास र परम्परा अनुसार सैनिक कुटनीति सुदृढ गने अवसरका क्रममा रूपमा कार्यक्रममा सहभागी हुन निमन्त्रण आएको प्रवक्ता सन्तोषबल्लभ पौडेलद्वारा जानकारी ।

८. सातामा करिब साढे ५ प्रतिशत घट्यो नेप्से, झापाको गौरादहमा ५ मेगावाटको सोलार फार्म खोल्ने तयारी, प्राधिकरणको बुलुचोक सब–स्टेशनमा जोडिने, एक महिनामा बीमा कम्पनीहरुको बीमाशुल्क २० अर्ब नजिक, एलआइसी नेपाल, प्रिमियर र लुम्बिनी जनरलको बीमाशुल्क घट्यो, यातायात व्यवस्था विभागले थाल्यो परीक्षणकालीन लाइसेन्स वितरण, ट्रायलमा ६ लाखको आवेदन ।

९. नेपाल र भारतबीचको दोस्रो मैत्रीपूर्ण फुटबल खेल भोलि (आइतबार) हुदै, दशरथ रंगशालामा हुने खेल अपरान्ह साढे ५ बजे सुरु हुने, भारतसंग खेल्दै कमजोरी सुधार गर्ने नेपालको लक्ष्य, दोस्रो मैत्रीपूर्ण खेलमा नेपालका कप्तान किरण चेम्जोङले राष्ट्रिय टिमबाट सर्वाधिक खेल खेल्ने कीर्तिमान कायम गर्ने, राष्ट्रिय महिला क्रिकेट टिमकी कप्तान रुबीना क्षेत्रीलाई भारतीय कम्पनी केआई स्पोर्टसले प्रयोजन गर्ने ।

१०.र, अफगानिस्तानमा सबक पाउँदा पनि पश्चिमा राष्ट्रहरु नसुध्रिएको रुसी राष्ट्रपति भ्लादिमर पुटिनको टिप्पणी, तालिबानी त्रासबीच अफगानी महिला सडकमा, राष्ट्रपति भवन अगाडी प्रदर्शन, चीनको कारखनामा भएको आगलागीमा ६ जनाको मृत्यु, तालिबान सरकारलाई सहयोगका लागि युरोपियन युनियनको पाँच सर्त, बीआरईमा चीनले अफगानिस्तानलाई पनि समेट्ने ।

प्रतिक्रिया दिनुहोस्