Logo
Logo

काबुलमा महिला अधिकारवादीहरुको निरन्तर प्रर्दशन



काठमाडौं । महिला अधिकारवादीहरुले अफगानिस्तानमा निरन्तर प्रर्दशन गरेका छन् ।

उनीहरुले राजधानी काबुल र हेरत प्रान्तमा केही दिनयतादेखि सरकारमा आफ्नो सहभागिता हुनुपर्ने र बिना कुनै अवरोध काम गर्न पाउनुपर्ने माग गर्दै प्रर्दशन गरिरहेका छन् । प्रर्दशनमा तालिबान लडाकुले हस्तक्षेपसमेत गरेका छन् ।

महिला अधिकारवादीहरुले सरकारमा आफ्नो सहभागिता हुनुपर्ने र बिना कुनै अवरोध काम गर्न पाउनुपर्ने अधिकारको सुश्चितताको माग गरेका छन् ।

तालिबानले भने महिलालाई सरकारमा सहभागिता गराइने तर मन्त्री भने नबनाइने बताएका छन् । धेरैले तालिबानको पहिले शासनकालमा जस्तै आफ्नो अधिकार खुम्चने त होइन भनी चिन्ता व्यक्त गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्