Logo
Logo

‘सामुदायिक विद्यालयमा पढेकालाई मात्र छात्रवृत्ति देऊ’



काठमाडाैं । संसदको शिक्षा तथा स्वास्थ्य समितिले सामुदायिक विद्यालयमा अध्ययन गरेका विद्यार्थीलाई चिकित्सा शिक्षा आयोगले दिने छात्रवृत्ति उपलब्ध गराउन निर्देशन दिएको छ ।

आइतबार बसेको समितिको बैठकले आयोगलाई चिकित्सा शिक्षा ऐनले व्यवस्था गरेअनुसार छात्रवृत्ति उपलब्ध गराउन निर्देशन दिएको हो ।

समितिकी सभापति जयपुरी घर्तीले चिकित्सा शिक्षा ऐनले व्यवस्था गरे अनुसार आयोगले सामुदायिक विद्यालयमा अध्ययन गरेका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न निर्देशन दिएकी हुन् ।

पूर्व शिक्षामन्त्री एवं समिति सदस्य गिरिराजमणि पोखरेलले छुट्र्याएको सिट र उत्तीर्ण संख्याबिच धेरै अन्तर देखिएकोले गुणस्तरीय शिक्षामा जोड दिनुपर्ने बताए ।

चिकित्सा शिक्षा आयोगले वार्षिक विभिन्न २९ समूहमा २ हजार १७२ जनालाई छात्रवृत्ति प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्