Logo
Logo

ताप्लेजुङका नौ जनप्रतिनिधिले त्यागे एमाले



ताप्लेजुङ । ताप्लेजुङमा जिल्ला समन्वय समिति उपप्रमुखसहित स्थानीय तहका नौ जनप्रतिनिधिले नेपाका एमाले पार्टी परित्याग गरेका छन् ।

आइतबार जिल्ला निर्वाचन कार्यालयमा उपस्थित भएर जिल्ला समन्वय समिति उपप्रमुख देवीमाया नेपाली र एक जना वडाध्यक्षसहित नौ जनाले एकीकृत समाजवादीमा सनाखत गरेका हुन् ।

एकीकृत समाजवादी रोज्नेमा मेरिङ्देन गाउँपलिका–६ नाल्बुका वडाध्यक्ष ठाकुरसिंह लिम्बू, जिल्ला समन्वय समिति सदस्य निमातेन्जी शेर्पा, मेरिङ्देन गाउँपालिकाकै विभिन्न वडाका वडासदस्यहरू मानबहादुर लिम्बू, पूर्णबहादुर कामी, गजिन्द्रकुमार नाल्बो, दोर्जी शेर्पा, दिलमाया नेपाली र सूर्यमान बराइली रहेका छन् ।

जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङका अनुसार उनीहरूले नेकपा एमाले परित्याग गर्दै एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका हुन् ।

मंगलबारसम्म जनप्रतिनिधिहरूले दल रोज्न पाउने समय भएकाले ताप्लेजुङमा अझै केही जनप्रतिनिधिले एमाले पार्टी छोडेर आफ्नो पार्टीमा सनाखत गर्ने एकीकृत समाजवादीको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्