Logo
Logo

भारतसँग नेपाल पराजितदेखि शेयर बजारमा पहिरोसम्म



हेडलाइन्स् :

१. पछिल्लो २४ घण्टामा नेपालमा १५ सय ३४ जना कोरोना भाइरस संक्रमणमुक्त , यो सँगै नेपालमा निको हुनेको संख्या ७ लाख २७ हजार १ सय ८५ पुग्यो, २४ घण्टामा गरिएको ७ हजार ९ सय ७१ परीक्षणमा १ हजार ८९ जना संक्रमित थपिए, यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ७ लाख ६९ हजार २ सय ७१ पुग्यो, संक्रमणबाट थप २० जनाको मृत्यु , कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ८ सय ३८ पुग्यो, दशैंसम्म ३३ प्रतिशतलाई खोप दिने सरकारको तयारी ।

२. नेकपा (एकीकृत समाजवादी) ले तोक्यो प्रदेश इञ्चार्ज, अर्को व्यवस्था नभएसम्मका लागि पार्टीद्वारा प्रदेश १ मा घनेन्द्र बस्नेत, प्रदेश २ मा धर्मनाथ शाह, वाग्मती प्रदेशमा केदार न्यौपाने, गण्डकी प्रदेशमा केशवलाल श्रेष्ठ, लुम्बिनी प्रदेशमा भागवत् विश्वासी र कर्णाली प्रदेशमा प्रकाश ज्वालालाई जिम्मेवारी, सुदूरपश्चिममा इञ्चार्ज पछि तय गरिने, दैनिक कार्य सञ्चालनका लागि बेदुराम भुसालको संयोजकत्वमा ६ सदस्यीय समिति गठन , महासचिवको अनौपचारिक जिम्मा पनि भुसालकै काँधमा ।

३. पार्टी एकताका लागि भएको १० बुँदे सहमति जस्ताको तस्तै कार्यान्वयन हुन नसक्ने एमालेका महासचिव ईश्वर पोखरेलको दावी, अदालतले नेकपा एमालेलाई कानुनी रुपमा २०७५ जेठ २ मा फर्काए पनि जेठ २ को अवस्था यान्त्रिक ढङ्गले नहुने तर्क, जेठ २ को कार्यान्वयन सिर्जनात्मक रुपमा हुने पोखरेलको भनाइ, पार्टीलाई जेठ २ को अवस्थामा फर्काए नयाँ पार्टीबाट आएकाहरुलाई अन्याय हुने दावी ।

४. भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाएको भन्दै गृह मन्त्रालयले जनायो गम्भीर आपत्ति, मन्त्रालयद्वारा विज्ञप्ति जारी गर्दै छिमेकी प्रधानमन्त्रीको प्रतिष्ठामा आँच आउने गरी नाराबाजी गर्ने, जुलुस प्रदर्शन गर्ने र पुत्ला दहन गर्ने गतिविधि नगर्न नागरिकलाइ आग्रह, मित्राष्ट्रहरुविरुद्ध लक्षित हुने गतिविधिलाई नियन्त्रण गर्न र त्यस्ता गतिविधिमा संलग्न भइ कानुन हातमा लिन खोज्नेलाई कारबाही गर्ने सरकारको चेतावनी ।

५. बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका चिकित्सक, नर्स विद्यार्थी र कर्मचारी फेरि आन्दोलित, सरकारले प्रतिबद्धता जनाएअनुसार आफ्ना माग सुनुवाई नभएको भन्दै त्यहाँ कार्यरत चिकित्सक, नर्स, विद्यार्थी र कर्मचारीको पुनः आन्दोलन, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ताद्वारा कृष्णप्रसाद पौडेलले आन्दोलरत पक्षलाई प्रतिष्ठानका अधिकांश माग भइसकेकाले स्वास्थ्य क्षेत्र जस्तो संवेदनशील ठाउँको सेवा सुरु गर्न आग्रह ।

६. प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिले वास्तविक गरिब, विपन्न र जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति दिने गरी ‘राष्ट्रिय चिकित्सा शिक्षा नियमावली–२०७७’ संशोधन गर्न निर्देशन, नियमावलीलाई संविधान र ऐनको मर्मअनुसार हुने गरी संशोधन गर्न सुझाव, चिकित्सा शिक्षामा अध्ययनरत गरिव र जेहेन्दार विद्यार्थीहरूका लागि छुट्टयाइएको छात्रवृत्ति दुरुपयोग हुन नदिन सरकारको समितिद्वारा ध्यानाकर्षण ।

७. राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले भदौ २४ गतेबाट व्यवसायिक उत्पादन थाल्ने, आइतबार सबै युनिटको मुख्य परीक्षण पूरा भएसँगै व्यवसायिक उत्पादन सुरु गर्न लागिएको आयोजनाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विज्ञानप्रसाद श्रेष्ठको भनाइ, मुख्य परीक्षण सकिए पनि सामान्य परीक्षणका काम भने बाँकी, उत्पादन भएसँगै ४ सय ५६ मेगावाट राष्ट्रिय प्रणालीमा जोडिने ।

८. सेयर कारोबार मापक नेप्से परिसूचक आइतबार १ सय ८.२६ अंकले घटेर २ हजार ८ सय १८.७२ विन्दुमा ओर्लियो, आइतबार बजार खुल्दादेखि नै नेप्से तीव्र गतिले ओरालो लागेर सर्किट ब्रेक भएपछि बजार ४० मिनेटका लागि बन्द गरियो, त्यसपछि खुलेको बजारमा १ सय भन्दा धेरै अंकले नेप्से ऋणात्मक भएर बन्द, पूँजी बजारलाई नियोजित रुपमा घटाएको भन्दै लगानीकर्ताले मागे गभर्नरको राजीनामा, भारतले नेपाललाई जीटूजीमार्फत रासायनिक मल बेच्ने ।

९.साफ च्याम्पियनशीप जित्ने लक्ष्य राखेको नेपाल भारतसँगको दुई मैत्रीपूर्ण खेलमा पराजित, पहिलो खेल बराबरी खेलेपनि आइतबार भएको निर्णायक खेलमा नेपाल दुईका विरुद्ध एक गोल अन्तरले पराजित, फिनिसिङमा चुक्दा पुनः भारतसँग पराजय, आइतबारको खेलमा उपस्थिति जनाएसँगै कप्तान किरण चेम्जोङले बनाए कीर्तिमान, एएफसी महिला एसिया कप छनोटको तयारीमा रहेको राष्ट्रिय महिला फुटबल टोलीले बंगलादेशसँग घरेलु मैदानमा दुई मैत्रीपूर्ण खेल खेल्ने ।

१०.र, अमेरिकाको वासिङटनमा गोली चल्दा तीनको मृत्यु, अफगान राष्ट्रिय ध्वजावहाक विमानद्वारा आन्तरिक उडान सुरु, उत्तरी इराकमा आइएस समूहद्वारा आक्रमण, १३ सुरक्षाकर्मीको मृत्यु, अफगानिस्तानमा फेरि गृहयुद्ध हुनसक्ने अमेरिकी सेनाको चेतावनी, पाकिस्तानको क्वेटामा आत्मघाती आक्रमण, चार सुरक्षाकर्मीको मृत्यु, २० घाइते ।

प्रतिक्रिया दिनुहोस्