Logo
Logo

काठमाडौंमा डुबे ३८२ घर, १३८ जनाको उद्धार



काठमाडौं । काठमाडौं उपत्यकामा गएरातिदेखि परेको वर्षाका कारण तीन सय ८२ बढी घर डुबानमा परेका छन् । प्रहरीले एक सय ३८ जनालाई उद्धार गरेको छ ।

उपत्यका कतिपय खोला किनारका बस्ती डुबानमा परेका छन् । ती बस्तीका बासिन्दा जोखिममा परेपछि प्रहरीले उद्धार गरेर सुरक्षित स्थानमा लगेर राखेको छ ।

बल्खुको तरकारी बजार, कुलेश्वरको हाउजिङ क्षेत्र, कोटेश्वरको नरेफाँट क्षेत्र, बालाजुको नेपालटारको तल्लो क्षेत्र, शंखमुल पार्क, कालिमाटीको तरकारी बजार क्षेत्र डुबानमा परेको काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहले जानकारी दिए । ‘मानवीय क्षति भने भएको छैन।’, एसएसपी सिंहले भने ।

प्रतिक्रिया दिनुहोस्