Logo
Logo

प्रधान सेनापति पूर्णचन्द्र थापाको बिदाइ (तस्बिरहरू)



काठमाडौं । प्रधान सेनापति पूर्णचन्द्र थापाको बिदाइ गरिएको छ । आइतबार सैनिक मुख्यालय जंगीअड्डामा थापाको सम्मानमा बिदाइ कार्यक्रम नै गरिएको थियो ।

थापा तीन वर्षे कार्यकाल सकेर बिदाइ भएका हुन् । भदौ २४ पछि प्रधान सेनापति प्रभुराम शर्मा हुनेछन् । थापा ४१ वर्ष ८ महिना २२ दिन सैनिक जीवन बिताएर बिदाइ भएका छन् । थापाको कार्यकाल भदौ २४ मा सकिँदैछ ।

सरकारको सिफारिसमा शर्मा प्रधान सेनापति नियुक्त भइसकेका छन्। भदौ २४ सम्म भने उनी कामु प्रधान सेनापति हुनेछन् । बिदाइ समारोहमा थापाले संगठनभित्र अघि सारेका मार्गचित्रका कारण सामूहिक भावना र प्रयास अगाडि बढेको बताए ।

बिदाइ कार्यक्रममा रक्षा मन्त्रालयका सचिव वेगेन्द्रराज पौडेल पनि उपस्थित थिए । उनले प्रधानसेनापति थापाले संगठनको गौरव र शिर उचो बनाउन सफल भएको बताए ।

कामु प्रधानसेनापति शर्माले अग्रजले थालनी गरेका असल र महत्वपूर्ण कार्यलाइ उच्च प्राथमिकताका साथ कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्