Logo
Logo

सुदूरपश्चिममा एकीकृत समाजवादी सबैभन्दा ठूलो दल



धनगढी । सुदूरपश्चिममा नेकपा एमालेकी प्रदेशसभ सदस्य माया तामाङ बोहराले पनि नेकपा (एकीकृत समाजवादी) रोजेकी छन् ।

उनले सोमबार दिउँसो धनगढीस्थित निर्वाचन आयोगको प्रादेशिक कार्यालयमा पुगेर एकीकृत समाजवादी पार्टीमा सनखत गरेकी हुन् ।
तामाङ यसअघि एमालेमा अध्यक्ष केपी शर्मा ओली क्षमा उभिदै आएकी थिइन् ।

एमालेका तत्कालीन वरिष्ठ नेता माधव नेपाल पक्षीय १७ जना प्रदेशसभा सदस्यले मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिदासमेत उनले विपक्षमा मतदान गरेकी थिइन् ।

यसअघि नै सांसदहरु तारा लामा तामाङ, दीर्घ स्वडारी, प्रकाश रावल, पूर्णा जोशी, लालबहादुर खड्का, चुनकुमारी चौधरी, मनाकुमारी साउँद, दुर्गाकुमारी कामी, माया भट्ट, सुशिला बुढाथोकी, कूलवीर चौधरी, अमर साउँद र बलबहादुर सोडारीले नेकपा एकीकृत समाजवादीमा सनाखत गराइसकेका छन्।

तामाङले सनखत गरेसँगै सुदूरपश्चिममा एकीकृत समाजावदीमा सबैभन्दा ठूलो दल बनेको छ । प्रदेशसभामा सबैभन्दा ठूलो दल रहेको नेकपा एमाले चौथो दलमा खुम्चिएको छ ।

एकीकृत समाजवादी पार्टीका प्रदेशसभा सदस्यको संख्या १४ पुगेको छ भने एमालेसँग अब १० जना मात्रै प्रदेशसभा सदस्य रहेका छन् ।

सुदुरपश्चिमा नेकपा माओवादी केन्द्र १३ सांसदसहित दोस्रो, नेपाली काँग्रेस १२ सांसदसहित तेस्रो, र जनता समाजवादी पार्टी दुई सांसदसहित पाँचौं दल भएको छ ।

प्रतिक्रिया दिनुहोस्