Logo
Logo

एमसीसीको विरुद्ध प्रदर्शन गर्ने ६ जना पक्राउ



काठमाडौँ । एमसीसीको विरोध गर्दै प्रदर्शन गर्ने ६ जना पक्राउ परेका छन् । आइतबार अमेरिकी राजदूतावास अगाडि एमसीसीको विरुद्ध प्रर्दशन गर्ने मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)का कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो ।

गृहमन्त्रालयले एमसीसीको विरोध र भारतीय प्रधानमन्त्रीको पुत्ला दहन गर्नेलगायतका गतिविधिमा संलग्नलाई तत्काल पक्राउ गर्न प्रहरीलाई निर्देशन दिएको छ । त्यहीअनुसार सोमबार प्रहरी बिहानैदेखि सम्भावित प्रदर्शनस्थलमा अलर्ट बसेको छ ।

भारतीय र अमेरिकी राजदूतावास क्षेत्रमा जमघट र भेला हुन समेत नदिने गृहले निर्देशन दिएको छ । सोमबार पनि विद्यार्थीहरूले विभिन्न क्याम्पसहरूमा प्रदर्शन गर्ने योजना बनाएका छन् ।

मित्रराष्ट्रसँगको सम्बन्धमा आँच आउने गतिविधि बढेको भन्दै गृह मन्त्रालयले कारबाहीको चेतावनी दिएको छ। तीन दिनमै दुई विज्ञप्ति जारी गर्दै सरकारले प्रदर्शनका नाममा उच्छृंखल गतिविधि नगर्न सचेत गराएको छ ।

प्रतिक्रिया दिनुहोस्