Logo
Logo

पत्रकार फसाउन खोज्ने दुई प्रहरीविरुद्ध षड्यन्त्रकारीको मुद्दा


रुपेन्द्र पटेल


रौतहट । पत्रकारको मोटरसाइकलमा लागूऔषध राखेर फसाउन खोजेको घटनामा मुछिएका दुई जना प्रहरीमाथि षड्यन्त्रकारीको मुद्दा चलाइएको छ ।

जिल्ला प्रहरी कार्यलय रौतहटले पत्रकारको मोटरसाइकलमा लागूऔषध राखेर फसाउन खोज्ने प्रहरी सहायक निरीक्षक उदय यादव र प्रहरी जवान मनोज साहविरुद्ध षड्यन्त्रकारी मुद्दा चलाएको हो ।

बिहीबार जिल्ला न्यायाधिवक्ताको कार्यालयमा उनीहरूको बयान लिइएको थियो । उनीहरुविरुद्ध षड्यन्त्रकारी ऐन अन्तर्गत मुद्दा चलाएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए ।

प्रहरीको विरोधमा समाचार आएपछि पत्रकारको मोटरसाइकलमा लागूऔषध राखेर उनीहरुलाई पक्राउ गरेका थियो । रिसिवी साधेर निर्दोष व्यक्तिहरुलाई फसाउन पत्रकारको मोटसाइकलमा लागूऔषध राखिदिएको प्रहरी कार्यालय रौतहटको निषर्क रहेको छ ।

गत साउन ३२ गते मोटरसाइकलमा लागूऔषध नाइट्राभेटसहित पक्राउ परेका दुई जनालाई प्रहरीले नै फसाएको भिडियो सार्वजनिक भएको थियो ।

पत्रकारलाई लागूऔषध मुद्दामा फसाइएको घटना बाहिरिएपछि रौतहटका एसपी सिद्धिविक्रम शाह प्रहरी प्रधान कार्यालय तानिएका गिए । उनलाई प्रधान कार्यालयको प्रशासन शाखामा तानिएको हो । त्यसपछि रौतहट प्रहरी प्रमुख बिहिन भएको छ ।

प्रतिक्रिया दिनुहोस्