Logo
Logo

प्रधानसेनापति सिग्देल बेलायत प्रस्थान


0
Shares

काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल बेलायत प्रस्थान गरेका छन् । बेलायतका सेना प्रमुख रोलि वाकरको निमन्त्रणामा सोमबार बिहान सिग्देल बेलायततर्फ प्रस्थान गरेका हुन् ।

प्रधानसेनापति असोज १९ गतेदेखि २५ गतेसम्म बेलायत भ्रमणमा रहने छन् ।  प्रधान सेनापतिलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी प्रदीप जङ्ग केसीले बिदाइ गरेका हुन् ।  

प्रधानसेनापतिको भ्रमणले दुई देशबिचको आपसी सैनिक सम्बन्धमा टेवा पुग्नुका साथै सैनिक कूटनीति मार्फत नेपालको परराष्ट्र नीतिलाई समेत योगदान पुग्ने विश्वास नेपाली सेनाले लिएको छ । प्रधान सेनापतिको अनुपस्थितिमा बलाधिकृत रथी केसीले कायममुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्ने छन् ।

प्रतिक्रिया दिनुहोस्