Logo
Logo

सत्तारुढ गठबन्धनकै सङ्गठनले जलायो गृहमन्त्रीको पुत्ला



काठमाडौं । सत्तारुढ गठबन्धनकै विद्यार्थी संगठनले सोमबार गृहमन्त्री बालकृष्ण खाँको पुल्ता जलाएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाएकोमा गृह मन्त्रालयले कारबाही गर्ने चेतावनी दिएपछि आक्रोशित बनेको नेकपा (एकीकृत समाजवादी) पार्टीको विद्यार्थी संगठन अनेरास्ववियूले गृहमन्त्री ा खाँणको पुत्ला लजाएको हो ।

उक्त क्रममा गृह मन्त्रालयले आइतबार जारी गरेको विज्ञप्ति पनि जलाइएको थियो । दार्चुला घटना र भारतीय हस्तक्षेपप्रति मौन सरकार मोदीको पुत्ला जलाउँदा चाहिँ कारबाहीको दायरामा ल्याउने चेतावनी दिएको भन्दै अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीक आक्रोश पोखे ।

केही दिनअघि अनेरास्ववियूले भारतीय मोदीको पुत्ला दहन गरेको थियो । त्यसछि गृह मन्त्रालयले आपत्ति जनाएको थियो ।

यस्तै, उनीहरुले अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसीविरुद्ध पनि प्रदर्शन गरेका थिए। ‘एमसीसी मुर्दावाद’ लेखिएको प्लेकार्डसहित भेला भएका उनीहरूले सरकार र गृहमन्त्रीविरुद्ध नाराबाजी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्