Logo
Logo

‘पाँच दलिय गठबन्धन अपराधका हिस्सेदार’



काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पाँच दलिय गठबन्धनलाई अपराधका हिसेदार भएको टिप्पणी गरेका छन् ।

एमाले निकटको राष्ट्रिय युवा संघ नेपालले काठमाडौंमा आज आयोजना गरेको युवा भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले देशको बिरुद्धमा भइरहेको आपराधिक कृयाकलापविरुद्ध बोल्न नसक्ने पाँच दलिय गठबन्धन भित्रका पाँच वटै दल अपराधका हिसेदार भएको बताएका हुन् ।

‘नेपालको माया गर्ने, नेपालीको समृद्धिका लागि बोल्ने युवालाई यातना दिने, थुन्ने यो सरकारले नेपालीमाथि भएको ज्यादतिकोबिस्द्धमा बोल्न नसक्ने ? पाँच दलिय गठनबन्धन भित्रका पार्टी, यो कस्तो पार्टी हो ? एउटा होइन पाँच वटा पार्टी छन् । तर कोही पनि आपराधिक कृयाकलापका बिरुद्धमा बोल्दैनन्’ ओलीले भने ।

नेपालीको अफगानिस्ताबाट उद्धार गर्न नसकिने, महाकालीमा तुईन काटेर नेपालीको हत्या हुन्छ तर पनि केही गर्न नसक्ने यो सरकारले के गर्छ ? भन्दै उनले प्रश्न गरे ।

‘तपाईहरुको बुद्धि, विबेकको एमाले दुरुपयोग गर्दैन् । तपाईँहरु झुट, झालझेल गर्नुपर्दैन् । हामीले सबै पालिकालाई जोडने २१० वटा सडकको एकैचोटी शिलान्यास गर्यौ अहिलेको सरकारले बजेट रोकिदियो । किनभने त्यो सडक बन्यो भने एमाले जस लिन्छ । उहाँहरुले जस लिने काम गर्नुहुन्न् । के गर्नु, तपाईहरुको नसिबै यस्तै छ’ ओलीले भने ।

युवा संघमा प्रबेश गरेका युवाहरुलाई स्वागत गर्दै उनले भने, ‘भुलचुकले कपाल फुल्यो, त्यो एउटा कुरा हो । तर अहिले पनि म आफूलाई युवा नै सम्झिन्छु’ ओलीले भने, ‘युवा संघको संस्थापक अध्यक्ष म नै हुँ, युवा संघमा प्रवेश गर्ने सबै युवा नेतालाई स्वागत छ ।’

प्रतिक्रिया दिनुहोस्