Logo
Logo

कान्तिपुर एकेडमी अफ हेल्थ साइन्समा क्रान्तिकारीकाे संगठन



काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) कान्तिपुर एकेडमी अफ हेल्थ साइन्सले नयाँ कमिटी गठन गरेको छ ।

सोमबार अनिल थापाको सभापतित्वमा ३५ सदस्यीय नयाँ कमिटी गठन गरेको हो । कमिटीको अध्यक्षमा सबिन पुलामी मगर चयन भएका छन् । वरिष्ठ उपाध्यक्षमा विजय दाहाल, उपाध्यक्षमा अटल मगर र सम्पूर्ण कार्की चयन भएका छन् ।

त्यस्तै सचिवमा अनिल थापा, सह–सचिवहरुमा प्रेम वली कार्की, बिक्रम मल्ल र दिक्षा विष्ट रहेका छन् । कोषाध्यक्ष कुसुम श्रेष्ठ रहेकी छन् ।

प्रतिक्रिया दिनुहोस्