Logo
Logo

थपिएला एआइजीको दरबन्दी ?



काठमाडौं । नेपाल प्रहरीमा एआइजीको दरबन्दी थप्न चलखेल सुरु भएको छ । दरबन्दी थपेर प्रदेश प्रहरी प्रमुखमा एआइजी पठाउन चलखेल सुरु भएको हो ।

देशको भन्दा पनि केही प्रहरी र बिचौलियाको आवश्यकताअनुसार दरबन्दी थप हुन लागेको स्रोत बताउँछ । आवश्यकताकै आधारमा दरबन्दी थप भएमा अहिलेका प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीकै ब्याची बढुवा हुनुपर्ने हो । तर, उनीहरुलाई यसमा चासो छैन । किनकी संगठनका लागि नभई केही व्यक्तिहरुको लागि दरबन्दी थप्न लागिएको उनीहरुले बुझेका छन् ।

यसअघि नै व्यक्तिको पहलमा एआइजीको दरबन्दी थप गरेर विश्वराज पोखरेल र सहकुल थापाको बढुवा भइसकेको छ । उनीहरुकै ब्याचका अन्य डिआइजीहरु एआइजीको दरबन्दी थप्ने अभियानमा लागेका हुन् । जसमा धिरजप्रताप सिंह, रबिन्द्र धानकु,बसन्त लामा, उत्तम सुवेदी, अरुण बिसी लगायत लागेका छन् । गृहमन्त्री निकट केही बिचौलिया तथा व्यापारीले दरबन्दी थप्न आर्थिक डिल समेत गरिरहेको स्रोत बताउँछ । दरबन्दी थपेर प्रदेशमा जान सके कमाई हुने भएकाले केही डिआइजी खर्च गर्न समेत तयार देखिएका छन् ।

अहिले प्रदेशमा रहेका डिआइजीलाई केपी शर्मा ओली सरकारले पठाएको हो । उनीहरुलाई तत्काल सरुवा गर्न नमिल्ने भएकाले उनीहरुको ठाउँमा एआइजी पठाउन गृहमन्त्री खाँणसमेत एआइजी बढुवामा सकारात्मक देखिएको गृह मन्त्रालय स्रोत बताउँछ । मन्त्रिपरिषद्ले पूर्णता पाएलगत्तै यससम्बन्धि काम अघि बढाउने उनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्