Logo
Logo

आज कांग्रेस संसदीय दलको बैठक



काठमाडौं । सत्तारुढ नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ । आज दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संघीय संसदको हलमा कांग्रेसको संसदीय दलको बैठक बस्न लागेको संसदीय दलका सचेतक पुष्पा भुषालले जानकारी दिइन् ।

आजको बैठकमा बुधबार (भोलि) बस्न लागेको संसद अधिवेशन, बजेट, अध्यादेशलगायतका विषयमा छलफल हुने जनाइएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले भदौ २३ गते बुधबार अपरान्ह ४ बजेका लागि संसद अधिवेशनको आव्हान गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्