Logo
Logo

सर्वाेत्कृष्ट निजामती कर्मचारी गायब



काठमाडौं । यो वर्षको निजामती कर्मचारी दिवस मंगलबार मनाइँदैछ । प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यतामा मनाउने तयारी भएको यो दिवसको आम कर्मचारीलाई नै कुनै चासो छैन ।

निजामती वृत्तमा हालीमुहाली जमाउने केही कर्मचारीलाई मात्र यस्ता दिवस बिशेष हुने गर्दछन् । निजामती पुरस्कार पनि उनीहरुले नै हात पार्दै आएका छन् । दिवसमा १० जनालाई उत्कृष्ट निजामती कर्मचारी पुरस्कार र ३० जनालाई निजामती पुरस्कार वितरण हुन्छ ।

नियमावलीमा सर्वाेत्कृष्ट कर्मचारीको समेत प्रावधान भएपनि केही वर्षयता त्यो वितरण हुन सकेको छैन । दुई लाख राशीको सो पुरस्कार कसलाई दिने भन्ने विषयमा विवाद हुने भएकाले सर्वाेत्कृष्ट निजामती कर्मचारी पुरस्कार वितरण हुन नसकेको हो । विगतमा केही मुख्यसचिवले आफैंले आफैंलाई सिफारिस गरेर पुरस्कार लिएका थिए । यसले निजामती प्रशासनको निर्णय क्षमता पनि प्रष्ट हुन्छ । विवाद हुने डरले सर्वाेत्कृष्ट कर्मचारी समेत उनीहरु छनोट गर्न असक्षमम हुने गरेका छन् ।

पुरस्कार छनोटमा मुख्यसचिव नेतृत्वमा एक समिति हुन्छ । जुन समितिका पदाधिकारीले आफु निकट कर्मचारीलाई यस्तो पुरस्कार बाड्ने गर्दछन् । जसकारण दुर्गममा बसेर जनताको सेवा गर्ने कर्मचारी कहिल्यै पुरस्कृत हुँदैनन् । हाकिमका चाकडी गर्नेहरुको कब्जामा पुरस्कार पर्ने अवस्था छ ।

प्रतिक्रिया दिनुहोस्