Logo
Logo

एक हजार ६७७ संक्रमित थपिए, २१ जनाको मृत्यु



काठमाडौं । नेपालमा मंगलबार एक हजार ६७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १५ हजार ३४ नमुना परीक्षण गर्दा एक हजार ६७७ जनामा कोरोना पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पीसीआरबाट एक हजार ४२३ र एन्टिजेनबाट २५४ जनामा संक्रमण पुष्टि भएको हो । उक्त अवधिमा ११ हजार १११ जनाको आरटी पीसीआर र तीन हजार ९२३ जनाको एन्टिजेन परीक्षण गरिएको थियो ।

पछिल्लो २४ घण्टामा नेपालमा २१ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ८७९ पुगेको छ ।

त्यस्तै सोही अवधिमा दुई हजार ७२ जना संक्रमणमुक्त भएका छ । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ७ लाख ३१ हजार पुगेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्