Logo
Logo

सुदूरपश्चिमका दुई मन्त्रीले दिए राजीनामा



धनगढी । सुदूरपश्चिम प्रदेशका दुई मन्त्रीले राजीनामा दिएका छन् । मंगलबार आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर शाह र राज्यमन्त्री अर्चना गहतराजले मुख्यमन्त्री त्रिलोचन भट्टलाई राजीनामा बुझाएका हुन् ।

शाह माओवादी नेतृत्वको प्रदेश सरकारमा सुरुदेखि नै नेकपा एमालेबाट नेतृत्व गर्दै सरकारमा सहभागी थिए । आन्तरिक मामिलामन्त्री रहेका शाह गत जेठमा आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारीमा थिए । राज्यमन्त्री गहतराज गत जेठमा मात्रै नियुक्त भएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्