Logo
Logo

एमसीसीबारे बुझेका सांसदलाई मात्र बोल्न देउवाको निर्देशन



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताबारे बुझेर मात्रै बोल्न सांसदहरूलाई निर्देशन दिएका छन् ।

प्रतिनिधिसभाको बैठकको पूर्व सन्ध्यामा बसेको कांग्रेस संसदीय दलको बैठकमा प्रधानमन्त्री देउवाले एमसीसीका विषयमा धेरै अफवाह फैलिएको भन्दै यस विषयमा अध्ययन गरेर मात्रै बोल्न सांसदलाई भनेका हुन् ।

बैठकमा सांसदहरूले एमसीसीका सन्दर्भमा राखेको जिज्ञासामा देउवाले बुझेर मात्र बोल्न र मिल्छ भने बुझेका सांसदले मात्र बोल्न निर्देशन दिएका थिए ।

देउवाले अघिल्ला सरकारहरुले पनि कानुन बनाएर एमसीसीलाई अघि बढाउँदै आएको बताए । यो प्रतिस्पर्धाबाट प्राप्त गरेको अनुदान भएको र यससँग लोकतान्त्रिक देशको सम्बन्ध पनि जोडिएको भन्दै उनले भने, ‘जुनसुकै सहयोग प्राप्त गर्दा पनि शर्तहरु हुन्छन् ।’

प्रतिक्रिया दिनुहोस्