Logo
Logo

कांग्रेसद्वारा सांसदलाई ह्वीप जारी



काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठकले आफ्ना सांसदलाई ह्वीप जारी गरेको छ ।
बुधबारबाट सुरु हुने प्रतिनिधिसभा र राष्ट्रियसभाका बैठकमा अनिवार्य उपस्थित हुनका लागि सांसदहरुका नाममा ह्वीप जारी गरिएको हो ।

संसदीय दलको मंगलबार नयाँ बानेश्वरमा बसेको बैठकपछि कांग्रेस सचेतक पुष्पा भुसालले सबै माननीयहरुलाई अनिवार्य उपस्थित हुन सूचित गरिएको जानकारी दिए ।

संघीय संसद्‌का दुवै सदनको बैठक बुधबार ४ बजेका लागि आह्वान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्