Logo
Logo

मोरङका ८ जनप्रतिनिधि एकीकृत समाजवादीमा



माेरङ । नेकपा एमालेबाट स्थानीय तहमा निर्वाचित मोरङका ८ जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन् । बुधबारसम्म दल रोज्न पाउने भएसँगै माेरङका ८ जनप्रतिनिधिले एकीकृत समाजवादी राेजेका हुन् ।

प्रदेश निर्वाचन कार्यालय विराटनगरका अनुसार ४ जना वडा सदस्य र ४ जना वडा अध्यक्षले एकीकृत समाजवादी दल रोजेका छन् ।

बुढीगंगा गाउँपालिका –४ का अध्यक्ष कासिम मिया, बुढीगंगा-५ का अध्यक्ष रमेशकुमार खनाल, उर्लाबारी नगरपालिका– १ का अध्यक्ष मचिन्द्रकुमार कार्की, रतुवामाई नगरपालिका– १० का अध्यक्ष टंक ढकालले एकीकृत समाजवादी रोजेका हुन् ।

नेकपा एमालेमा रहदा माधवकुमार नेपालको पक्षमा रहेका मोरङका दुई नगरपालिकाका मेयर एमालेमै बसेका छन् ।

पार्टी विभाजनपछि पनि नयाँ पार्टीमा खुलेका पथरी नगरपालिकाका मेयर दिलिप राई र बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदी एमालेमै बसेका हुन् ।

प्रतिक्रिया दिनुहोस्