Logo
Logo

प्रदेश २ मा ३ सय १४ जनप्रतिनिधिले राेजे एकीकृत समाजवादी



धनुषा । प्रदेश २ मा ३ सय १४ जना  स्थानीय तहका जनप्रतिनिधिले नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेका छन् ।

निर्वाचन आयोगले पार्टी रोज्न दिएको २२ भदौसम्ममा प्रदेशका आठवटै जिल्लाबाट ३ सय १४ जना स्थानीय तहका जनप्रतिनिधिले नेकपा (एकीकृत समाजवादी) पार्टीमा सनाखत गरेका हुन् ।

सप्तरीमा २९, सिरहामा ७१, धनुषामा ४८,महोत्तरीमा सात, सर्लाहीमा ४८, रौतहटमा ८४, वारामा ३२ र पर्सामा पाँच जनाले एकीकृत समाजवादीमा सनाखत गरेका छन् । प्रदेशमा १३ जनाले सनाखत गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्