Logo
Logo

मकवानपुरका ३९ जनप्रतिनिधि र १३ सांसदले छाडे एमालेको साथ


शिव चाैलागाइँ


मकवानपुर । मकवानपुरका विभिन्न १० वटा स्थानीय तहका ३९ जना जनप्रतिनिधिले एमाले छोडी नेकपा एकीकृत समाजवादीमा सनाखत गरेका छन् ।
 
सनाखतका लागि मंगलबार अन्तिम दिनसम्म मकवानपुरको हेटौंडा उपमहानगरपालिका उपप्रमुख, पालिकाका प्रमुख, वडाध्यक्ष, सदस्यलगायत ३९ जनप्रतिनिधिले एमालेको साथ छोडेका हुन् ।

सनाखतको अन्तिम दिन मंगलबार बागमती प्रदेश निर्वाचन आयोगको कार्यालय हेटौंडा पुगेर चार जनाले एकीकत समाजवादीमा सनाखत गरेका छन् ।

यो संगै एमाले विभाजनबाट बनेको एकीकृत समाजवादीमा सनाखत गर्नेको संख्या ३९ जना पुगेको निर्वाचन कार्यालयले जनाएको छ ।

एकीकृत समाजवादीमा सनाखत गर्नेहरू :

हेटौंडा उपमहानगरपालिका :
हेटौंडा उपमहानगरपालिकाकी उपप्रमुख मीना लामा, हेटौंडा १३ का वडा अध्यक्ष मनोजकुमार वाइवा, जिल्ला समन्वय समिति मकवानपुरकी सदस्य सीता अधिकारी, हेटौंडा उपमहानगरपालिकाका कार्यपालिका सदस्य कृष्णबहादुर राई, हेटौंडा १ का वडा सदस्य बेगम बराल, हेटौंडा उपमहानगरपालिकाका वडा नम्बर ३ का सदस्य कुमारसिं लामा, हेटौंडा उपमहानगरपालिका वडा नम्बर १३ का वडा सदस्य सन्तबहादुर तितुङ, हेटौंडा उपमहानगरपालिका कार्यपालिका सदस्य कल्पना विक, हेटौंडा १ का सदस्य इश्वरी विश्वकर्मा (रसाइली), हेटौंडा उपमहानगरपालिका वडा नम्बर ७ की सदस्य सन्तुमाया पाख्रीन, हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ का सदस्य शुकराम केशी रहेका छन् ।

थाहा नगरपालिका :
थाहा नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष विष्णुबहादुर गुरुङ, थाहा नगरपालिका वडा नम्बर ११ का अध्यक्ष किरणमान बल, थाहा ५ कै वडा सदस्य उर्मिला सुनुवार, थाहा नगरपालिका वडा नम्बर ११ की सदस्य मैया विश्वकर्मा र थाहा नगरपालिका वडा नम्बर ११ का सदस्य सुनिल लामाले एकीकृत समाजवादीमा सनाखत गरेका छन् ।

कैलाश गाउँपालिका :
कैलाश गाउँपालिकाबाट एकीकृत समाजवादीमा सनाखत गर्नेमा पालिका अध्यक्ष टंकबहादुर मोक्तान, कैलाश गाउँपालिका वडा नम्बर ८ का अध्यक्ष सुर्जबहादुर थिङ, वडा नम्बर ८ कै सदस्य अनिता बल, कैलाश गाउँपालिका वडा नम्बर ५ का वडा सदस्य बेलबहादुर तितुङ र कैलाश ९ का वडा सदस्य लालीमाया भुलुन छन् ।

मनहरी गाउँपालिका :
मनहरी गाउँपालिकाकी उपाध्यक्ष मनिला विष्ट, मनहरी गाउँ पालिका वडा नम्बर ३ का कार्यबाहक अध्यक्ष विष्णुबहादुर थिङ, मनहरी ९ का वडा सदस्य गंगा सुनार, मनहरी ३ की वडा सदस्य उमाकुमारी नेपाली, मनहरी गाउँपालिका वडा नम्बर ८ का अध्यक्ष साधुराम अधिकारी, मनहरी गाउँपालिका वडा नम्बर ५ का इन्द्रकुमारी सार्की, मनहरी गाउँपालिका वडा नम्बर ८ का सदस्य अम्बिका दमाईले एमाले छाडी एकीकृत समाजवादी रोजेका छन् ।

इन्द्रसरोबर गाउँपालिका :
इन्द्रसरोबर गाउँपालिकाका अध्यक्ष जीवन लामा, इन्द्रसरोबर गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष धनराज महर्जन, इन्द्रसरोबर ५ का वडा सदस्य कृष्ण जीत लामा,इमान लो, इन्द्रसरोबर गाउँपालिका कार्यपालिका सदस्य दुर्गावती थोकर र मन्जु रुम्बा छन् ।

बकैया गाउँपालिका :
बकैया गाउँपालिकाका ४ जना जनप्रतिनिधीले एकीकृत समाजवादी रोजेका छन् । एमालेबाट निर्वाचित भएकाहरु वडा नम्बर १ का वडा सदस्य लालीमाया विक, बकैया २ का वडा सदस्य, कार्यापालिका सदस्य विष्णु भुजेल, बकैया २ का वडा सदस्य सम्झना परियार र बकैया २ का वडा सदस्य जीतबहादुर जिम्बाले एकीकृत समाजवादीमा सनाखत गरेका हुन् ।

बागमती गाउँपालिका :
बागमती गाउँपालिका वडा नम्बर ५ का सदस्य विष्णु तिमल्सिनाले एमाले छाडी एकीकृत समाजवादीमा सनाखत गरेका छन् ।

भीमफेदी गाउँपालिका :
भीमफेदी गाउँपालिका वडा नम्बर ९ का सदस्य कर्णबहादुर पाख्रीनले समाजवादी रोजेका छन् ।

मकवानपुरगढी र राक्सिराङका सबै जनप्रतिनिधि एमालेमै
मकवानपुरको मकवानपुरगढी र राक्सिराङ गाउँपालिकाका एमालेबाट निर्वाचित सबै जनप्रतिनिधी एमालेमै रहेका छन् । विभाजनपछि बनेको एकीकृत समाजवादीमा उनीहरुले सनाखत गरेनन् ।

बागमती प्रदेशका १३ जना सांसदले रोजे एकीकृत समाजवादी
बागमती प्रदेशसभाबाट एमाले छोडी एकीकृत समाजवादीमा सनाखत गर्ने प्रदेशसभाका सांसद १३ जना छन् । प्रदेश निर्वाचन कार्यालय बागमती प्रदेश हेटौंडामा पुगी सनाखत गर्नेमा पार्टीका केन्द्रिय सदस्य समेत रहेका राजेन्द्र पाण्डे, कृष्णप्रसाद शर्मा खनाल, मुनु सिग्देल, प्रदेशसभाका सांसदहरु माधव पौडेल, राजेन्द्रमान श्रेष्ठ, वसन्तप्रसाद मानन्धर, लक्ष्मण लम्साल, रमा आले मगर, इन्द्रमाया गुरुङ, मीना नेपाल ज्ञवाली, कुसुमकुमार कार्की, वसुन्धरा हुमागाईँ र पार्वती सिलवाल छन् ।

बागमती प्रदेशमा एमाले एक्लैको ५६ सांसद् १३ जना एकीकृत समाजवादीमा गएपछि अब एमालेमा ४३ जना सांसद छन् ।

भदौ १५ गतेबाट आज मंगलबार भदौ २२ गतेसम्म एमालेमै रहने वा एकीकृत समाजवादीमा आबद्घ हुनका लागि दिइएको समयावधिमा प्रदेशका १३ जना सांसदले एकीकृत समाजवादीमा सनाखत गरेको समाजवादीका केन्द्रीय सदस्य एवम् प्रदेशसभा सदस्य मुनु सिग्देलले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस्