Logo
Logo

डडेल्धुरा कांग्रेस सभापति मल्ललाई प्रश्न ‘अधिवेशन स्थगति गर्न मिल्छ ?’



डडेल्धुरा । नेपाली काँग्रेसको निर्वाचन समितिले डडेल्धुरा जिल्ला सभापति कर्णबहादुर मल्ललाई वडा अधिवेशन स्थगित गरेको भन्दै प्रश्न सोधेको छ । निर्वाचन अधिकृत लोकेन्द्रबहादुर बमले मंगलबार २५ गते वडा अधिवेशनको तालिका प्रकाशित गरेपछि जिल्ला सभापति मल्लले स्थगितको घोषणा गरेका थिए ।

केन्द्रीय निर्वाचन समितिले पठाएको क्रियाशील सदस्यहरूको नामावलीमा बदमासी भएको भन्दै मल्लले अधिवेशन स्थगितको घोषणा गरेका थिए । तर, निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले अधिवेशन स्थगित गर्ने अधिकार नभएको बताएका छन् ।

जिल्ला सभापतिले घोषणा गरेर अधिवेशन स्थगित नहुने उनको भनाइ छ । उनले प्रश्न गरे, ‘केन्द्रीय कार्यसमितिले तोकेको मितिमा अधिवेशन हुन नसक्ने अवस्थामा स्थगित गर्ने र सार्ने जिम्मा हामीलाई दिइएको छ । जिल्ला सभापति कहाँबाट स्थगित गर्न मिल्छ ?’

प्रतिक्रिया दिनुहोस्