Logo
Logo

सुनिता र सेमिहाङको ‘साम्याङ्फूङ’ सार्वजनिक



काठमाडौं । गायिका सुनिता थेगिम र सेमिहाङ सिंगक युगल स्वर रहेको लिम्बू भाषाको गीत ‘साम्याङ्फूङ’ सार्वजनिक भएको छ । मंगलबार ललितपुरमा एक समारोहबीच भिडियो सार्वजनिक गरिएको हो ।

भिडियो सार्वजनिक गरेपछि कार्यक्रममा प्रमुख अतिथि मगास्टार राजेशपायल राईले ‘साम्याङ्फूङ’ मन छुने गीत बनेको बताए । त्यस्तै, निर्देशक हाङ चेम्जोङले लिम्बु गीतसंगीतमा अझै कसरी फरक र राम्रो काम गर्न सकिन्छ भन्नेबारे सोच्नुपर्ने बताए ।

गायक स्वयंकै शब्द तथा संगीत रहेको ‘साम्याङ्फूङ’को म्युजिक भिडियोमा रेखा फागो, मौसम इम्बुङ ‘फुःलेन्देको बाउ’, प्रेम सुब्बा र दिनेश माङ्मुको अभिनय रहेको छ । भिडियोमा छायाँकनमा भुपेन्द्र तुम्बाहाम्फे, दिनेश माङ्मुको कोरियोग्राफी रहेको छ ।

कार्यक्रममा प्रथम नेपाली तारा दिपक लिम्बु, गायक कुसल थलङ, ब्रबिम शेर्मा, गंगा फियाक, निर्देशक हाङ चेम्जोङ, गीतकार मिना सिंगक, गायिका जसोदा सुब्बा, किरात याक्थुङ चुम्लुङका महासचिव निरन्ती तुम्बापो, निर्माता तथा निर्देशक सागर केरुङ लगायत थुप्रै कलाकाहरूको बाक्लो उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्