सर्पले डस्दा दुई बालिकाको मृत्यु « Drishti News – Nepalese News Portal
Logo

सर्पले डस्दा दुई बालिकाको मृत्यु


दृष्टि संवाददाता


जलेश्वर । महोत्तरी जिल्लामा विषालु सर्पको डसेर दुई बालिकाको मृत्यु भएको छ । मृत्युहुनेमा मनरासिस्वा नगरपालिका–२ का चन्द्रशेखर सिंहकी चार वर्षीया छोरी स्वाती सिंह र महोत्तरी गाउँपालिका–२ का दाउद राइनकी सात वर्षीया छोरी सोहना खातुन छन् ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले गएराति ती बालिकालाई सर्पले डस्दा मृत्युभएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्