Logo
Logo

बागमतीमा ६ मन्त्री र ४ राज्यमन्त्री थपिए



काठमाडौं । बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार भएको छ । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बुधबार ६ मन्त्री र ४ राज्यमन्त्री थपेकी हुन् ।

केशवराज पाण्डे भौतिक पूर्वाधार, रचना खड्का आर्थिक मामिला तथा योजना, विजय सुवेदी समाजिक विकास, शान्तिप्रसाद पौडेल उद्योग, पर्यटन, वन तथा वातावरण, प्रदीपकुमार कटुवाल क्षेत्री स्वास्थ्य, डा. अजयक्रान्ति शाक्य आन्तरिक मामिला तथा योजना, चन्द्र लामा भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्रीको रुपमा नियुक्त भएका छन् ।

मुख्यमन्त्री शाक्यले जीवन खड्का, सरस्वती बाटी, जुनेली श्रेष्ठ र बद्री मैनालीलाई राज्यमन्त्रीमा नियुक्त गरेकी छन् । खड्का भौतिक पूर्वाधार विकास राज्यमन्त्री, बाटी उद्योग राज्मन्त्री, श्रेष्ठ सामाजिक विकास राज्यमन्त्री र मैनाली भूमि व्यवस्था, कृषि तथा सहकारी राज्मन्त्रीमा नियुक्त भएका हुन् ।

२ भदौमा मुख्यमन्त्री बनेकी शाक्यले मन्त्रिपरिषद्लाई पूर्णता दिएकी थिइनन् । नवनियुक्त मन्त्रीहरूले बुधबार नै पद तथा गोपनियताको शपथ लिएका छन् । यस्तै, जीवन खड्का, बद्री मैनाली, सरस्वती बाटी र जुनेली श्रेष्ठले राज्यमन्त्रीको शपथ लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्