एमालेद्वारा प्रतिनिधिसभा बैठक अवरुद्ध « Drishti News – Nepalese News Portal
Logo

एमालेद्वारा प्रतिनिधिसभा बैठक अवरुद्ध


दृष्टि संवाददाता


काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभा बैठक अवरुद्ध पारेको छ । पार्टीले कारबाही गरेका माधव कुमार नेपालसहितका १४ सांसद्लाई सभामुखले पदमुक्त नगरेको भन्दै एमालेले बैठक अवरुद्ध गरेको हो ।

एमालेका प्रमुख सचेतक विशाल भट्टराइले बोले लगत्तै एमाले सांसदहरुले उठेर नाराबाजी सुरु गरेका थिए । उनीहरुले सभामुख विरुद्ध नाराबाजी गरेका हुन् ।

एमाले सांसदहरु नाराबाजीमा उत्रेपछि सभामुख अग्नि सापकोटाले संसदको नियम २१ को खण्ड ख र ग अध्ययन गर्न ध्यानाकर्षण गराएका थिए ।

एमाले सांसदको नाराबाजी नरोकेपछि सभामुख सापकोटाले बैठक १५ मिनेटका लागि स्थगित भएको घोषणा गरे ।

प्रतिक्रिया दिनुहोस्