Logo
Logo

राष्ट्रिय सभामा पनि एमालेको अवरोध



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले राष्ट्रिय सभाको बैठक पनि अवरुद्ध पारेको छ ।

बुधबार राष्ट्रिय सभा बैठकको शुरुमै एमालेको राष्ट्रिय सभा संसदीय दलका नेता खिमलाल भट्टराईले उठेर आफ्नो कुरा राखेका थिए । भट्टराईले आफ्नो कुरा राखि सकेपछि एमाले सांसदहरुले उठेर नाराबाजी गर्दै बैठक अवरुद्ध गरेका हुन् ।

एमालेको नाराबाजीपछि राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले ३० मिनेटका लागि बैठक स्थगित गरेका छन् ।

एमालले आजको प्रतिनिधिसभा बैठक पनि अवरुद्ध पारेको थियो। पार्टीले कारबाही गरेका माधव कुमार नेपालसहितका १४ सांसद्लाई सभामुखले पदमुक्त नगरेको भन्दै एमालेले बैठक अवरुद्ध गरेको हो ।

प्रतिक्रिया दिनुहोस्