Logo
Logo

प्रतिनिधिसभा बैठकमै ‘सभामुख मुर्दावाद’ को नारा



काठमाडौं । प्रतिनिधिसभाको बैठकमै नेकपा (एमाले) का सांसदहरुले सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध नाराबाजी गरेका छन् ।

आज बसेको प्रतिनिधिसभा बैठकमा एमाले सांसदहरुले ‘सभामुख मुर्दावाद’, संबैधानिक ‘सर्वोच्ता कायम गर’, ‘दल फुटाउँन पाईदैन्’ जस्ता नारा लगाउँदै बैठक अवरुद्ध गरे ।

एमालेले कारवाही गरेको १४ सांसदलाई सभामुखले मान्यता नदिएको भन्दै उनीहरुले सभामुख सापकोटाविरुद्ध प्रतिनिधिसभा बैठकमै नारावाजी गर्दै बैठक अवरुद्ध गरे । एमाले सांसदहरुले नारावाजी गर्न थालेपछि सभामुख सापकोटाले प्रतिनिधिसभा नियमावलीको व्यवस्था हेर्नू भन्दै ति सांसदविरूद्ध जंगिएका छन् ।

एमाले सांसदहरुले नाराबाजी गर्न नछोडेपछि सभामुखले १५ मिनेटका लागि बैठक स्थगित गरेका छन् । यस बीचमा सभामुख सापकोटा, एमाले प्रमुख सचेतक विशाल भट्टराई, सचेतक शान्ता चौधरीसंग छलफल गरेर बैठक शुरु गरेका थिए ।

तर छलफलमा सहमती नजुटेपछि एमाले सांसदहरुले पुनः बैठक शुरु हुनासाथ नाराबाजी गर्न थालेपछि सभामुखले फेरी १५ मिनेटका लागि बैठक स्थगित गरेका छन् । बैठक स्थगित गरेर प्रतिनिधिसभाको बैठकलाई कसरी अगाडी बढाउन सकिन्छ भन्ने बिषयमा सभामुखले फेरी छलफल थालेका छन् ।

एमाले सांसदले उठाएको विषय सर्वोच्च अदालतमा विचाराधीन रहेको भन्दै त्यस विषयमा प्रतिनिधिसभामा छलफल गर्न नमिल्ने जवाफ सभामुखले यस अघि दिएका थिए ।

प्रतिनिधिसभा नियमावलीको नियम २१ को खण्ड ख, ग र घ को प्रावधान विपरीत हुने सभामुखले बताए । एमाले प्रमुख सचेतक विशाल भट्टराईले एमालेले कारवाही गरेको सांसदको बिषयमा सूचना जारी किन नगरेको भन्दै प्रश्न उठाएका थिए ।

प्रतिक्रिया दिनुहोस्