ओलीका सन्तानले संसदको रोष्टम घेरे : मेटमणि « Drishti News – Nepalese News Portal
Logo

ओलीका सन्तानले संसदको रोष्टम घेरे : मेटमणि


दृष्टि संवाददाता


काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीका सांसद मेटमणि चौधरीले एमाले अध्यक्ष केपी ओलीका सन्तानले संसदको रोष्टम घेरेको आरोप लगाएका छन् ।

बुधबार एमाले सांसदहरूले प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेपछि नेता चोधरीले समाजिक सञ्जालमार्फत उक्त टिप्पणी गरेका हुन् । एमाले सांसदले बालुवाटार हुँदै बालकोट भएर रोष्टम अगाडि पुगेर जुलुस गर्ने ठाँउमा बनाएको आरोप लगाए ।

उनले लेखेका छन्– ‘हेर्दाहेर्दै ! प्रदेशमा मुख्यमन्त्री भएका व्यक्तिहरु सांसद हटाउनको लागि सदनमा नाराबाजी गर्ने र संघमा केपीका सन्तानहरू प्रतिनिधिसभामा अरू दलका सांसद हटाउनका लागि रोस्टम घेरिरहेका छन् । हेर्दाहेर्दै ! बालुवाटार हुँदै बालकोट भएर रोष्टम अगाडि पुगेर जुलुस गर्ने ठाँउमा पो पुग्न भ्याएछन् ! यहि पारा हो भने बा भन्ने छोराछोरीहरू आफ्नै घरका सन्तानहरूका राजीनामा माग्न बेर लाउँदैनन् । अबोध सन्तानहरू कम्तिमा भएको बिबेक त प्रयोग गर्नुस् ।’

प्रतिक्रिया दिनुहोस्