
हेडलाइन्स् :
१. नेकपा एमालेले कारबाहीका लागि सिफारिस गरेका १४ जना सांसदलाई कारबाही नगरेको र दल विभाजनमा भूमिका खेलेको भन्दै सभामुखसँग असन्तुष्ट जनाउँदै संघीय संसदमा जनायो विरोध, रोष्ट्रम घेरेर सभामुखविरुद्ध नाराबाजी, विरोध भएपछि दुई पटक बैठक स्थगित गर्दा पनि अवरुद्ध पार्ने क्रम नरोकिएपछि विरोधकाबीच सभामुखद्वारा गृहमन्त्रीलाई अध्यादेश पेस गर्न स्वीकृति प्रदान, गृहमन्त्री बालकृष्ण खाँणद्वारा राजनीतिक दलसम्बन्धी अध्यादेश पेस, बैठक शुक्रबार अपराह्न १ बजेसम्मका लागि स्थगित ।

२. संघीय संसदमा एमालेको नाराबाजी अनैतिक र निकृष्ट काम भएको नेकपा एकीकृत समाजवादीको निष्कर्ष, संविधान र कानून बमोजिम वैधानिक पार्टी भएकाले संविधान कुल्चनेबाट संविधानको कुरा गर्नु हाँस्यास्पद भएको माधव नेपालको टिप्पणी, बैठकमा एमालेले आफ्नो औकात देखाएको रामकुमारी झाँक्रीको टिप्पणी ।

३. नेकपा एमालेका दुईजना संघीय सांसदले नेकपा एकीकृत समाजवादीमा समावेश हुन पाउँ भन्दै सर्वोच्च अदालतमा रिट दायर, प्रतिनिधिसभा सदस्य सोमप्रसाद पाण्डे र राष्ट्रियसभा सदस्य शारदादेवी भट्टको तर्फबाट रिट अदालत प्रशासनको भनाइ, आफूहरूले नेकपा एसमा सनाखत गर्न खोज्दा आयोगले नदिएको भन्दै आफूहरूको विवरण नेकपा एसमा अद्यावधिक गराउन आदेश माग ।

४. अमेरिकी सरकारले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विवादित विषयबारे नेपाल सरकारले सोधेका प्रश्नहरूको जवाफ फर्कायो, एमसीसीकी उपाध्यक्ष फतिमा सुमार नेपालमा एमसीसी परियोजनाको पछिल्लो अवस्था नेपाल आउनुभन्दा ठीक अघि नेपाल र अमेरिकी सरकारबीच एमसीसीबारे नै पत्र आदान–प्रदान, जवाफी पत्र प्राप्त भएको अर्थ मन्त्रालयद्वारा पुष्टि, एमसीसी नेपालको संविधान भन्दा माथि नरहेको भनाइ, सम्झौता कुनै पनि सैन्य गठबन्धनसँग सम्बन्धित नरहेको अमेरिकाद्वारा जानकारी ।

५. अल्पमतमा परिसकेको वाग्मती प्रदेश सरकारकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले मन्त्रिपरिषद् विस्तार, ६ जना मन्त्री र ४ जना राज्यमन्त्री थप गर्दै मन्त्रिपरिषद् विस्तार, केशवराज पाण्डे भौतिक पूर्वाधार, रचना खड्का आर्थिक मामिला तथा योजना, विजय सुवेदी समाजिक विकास, शान्तिप्रसाद पौडेल उद्योग, पर्यटन, वन तथा वातावरण, प्रदीपकुमार कटुवाल क्षेत्री स्वास्थ्य, डा. अजयक्रान्ति शाक्य आन्तरिक मामिला तथा योजना, चन्द्र लामा भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्रीको रुपमा नियुक्त , जीवन खड्का भौतिक पूर्वाधार विकास, जुनेली श्रेष्ठ सामाजिक विकास, बद्री मैनाली भूमि व्यवस्था कृषि तथा सहकारी र जुनेली श्रेष्ठ सामाजिक विकास राज्यमन्त्री नियुक्त ।

६. नेपाली कांंग्रेसको क्रियाशील सदस्यता विवाद उत्कर्षमा, सभापति शेरबहादुर देउवाको गृह जिल्लामा सम्पूर्ण प्रकृया पु¥याएर तलबाट आएको नामावलीमा केही नाम हटाएर माथिबाट सोझै अर्को नामावली थप गरेपछि विवाद, जिल्ला कार्य समितिको सहयोग र समन्वयबिना नै निर्वाचन अधिकृतले भदौ २५ लाई अधिवेशनको मिति तोकेको भन्दै जिल्ला सभापति कर्णबहादुर मल्ल रुष्ट, विवाद बढेपछि सभापतिका उम्मेद्वार विमलेन्द्र निधिले लेखे देउवालाई पत्र, शेखर कोइरालाले पनि गरे देउवाको ध्यानाकर्षण ।

७. पछिल्लो २४ घण्टामा थप एक हजार ३ सय ४७ जनामा कोरोना संक्रमण पुष्टि, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा ९ हजार ७६७ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ३४७ र ३ हजार ६८८ जनामा एन्टिजेन परीक्षण गर्दा २ सय ९३ जनामा संक्रमण देखिएको जानकारी, कोरोनाबाट संक्रमित हुनेको संख्या ७ लाख ७३ हजार ५ सय २९ पुग्यो, २४ घण्टामा २ हजार १६१ जना निको भएर घर फर्किए, २४ घण्टामा कोरोनाबाट थप १० जनाको मृत्यु ।

८. तरकारीको मूल्यमा अचाक्ली वृद्धि, नेप्सेले दियो गिरावटलाई निरन्तरता, परिसूचकसँगै कारोबार रकम पनि घट्दै, ५ वर्षमा १० खर्ब लगानी स्वीकृत गर्ने लगानी बोर्डको योजना, १ लाख रोजगारी सिर्जना, अभावसँग जुधिरहेका बैंकहरुलाई राष्ट्र बैंकको ३० अर्ब राहत ।

९. पहिलो पल्ट शुक्रबार राष्ट्रिय महिला फुटबल टोलीले दशरथ रंगशालामा बंगलादेशविरुद्ध खेल्दै, साम्बा टिममा नहुँदा बंगलादेशलाई राहत, राष्ट्रिय महिला फुटबल टीमका मुख्य प्रशिक्षकको रूपमा ग्यारी फिलिप्स पनि डेब्यु गर्दै ।

१०.र, अफगानिस्तानमा तालिवान सरकार बनेपछि पाँच पत्रकार गिरफ्तार, मेक्सिकोको एक अस्पतालमा बाढी पस्दा १७ जना विरामीको मृत्यु, इन्डोनेसियाको कारागारमा आगलागी हुँदा ४० कैदीबन्दीको मृत्यु, ५० भन्दा बढी घाइते, बेलारुसका विपक्षी नेतालाई ११ वर्षको कैद सजाय ।















