Logo
Logo

बहराइनमा नेपाली श्रमिक आन्दोलित



काठमाडौं । बहराइनको प्रमुख तेल–ग्यास प्रशोधन आयोजनामा सयौं नेपालीसहित विदेशी श्रमिक सुरक्षाको उचित प्रबन्धको माग गर्दै आन्दोलनमा उत्रिएका छन् ।

बहराइन पेट्रोलियम कम्पनी (बाप्को) अन्तर्गतको प्रशोधन केन्द्रमा मंगलबार एक श्रमिकले समयमा उपचार नपाउँदा ज्यान गुमाएपछि उनीहरूले आन्दोलन थालेका हुन् । उक्त प्रशोधन केन्द्रमा नासिर सिड अल हाजरी कर्पोरेसनअन्तर्गत ७ सय नेपालीसहित झन्डै ६ हजार श्रमिक कार्यरत छन् ।

प्रशोधन केन्द्रमा मंगलबार मध्याह्न खाना खाइरहेका बेला एक श्रमिक अचानक ढलेपछि अरूले तुरुन्तै अस्पताल लैजान माग गरेका थिए । अस्पताल तत्काल नलगिँदा ती श्रमिकको मृत्यु भएको थियो । उनी कुन देशका हुन् भन्ने खुलाइएको छैन ।

‘हामी कामबाट फर्कंदा साथीहरू हाँस्दै मेसमा खाना खाइरहेका थिए । अचानक एक जना साथी ढले,’ संखुवासभा घर भएका पासाङ शेर्पाले भने, ‘उनले समयमा उपचार पाएनन् ।’ साथीको मृत्यु भएपछि कम्पनीमा रहेका सबै कामदार आन्दोलनमा उत्रिएको उनले बताए । उनले घामको रापमा काम गर्नुपर्ने, श्रमिकले खाना खाने ठाउँ पनि हपहपी गर्मी हुने खालकै रहेको सुनाए । ‘भोलि हाम्रो हालत पनि यस्तै हुन्छ भन्ने भयो, स्वस्फूर्त आन्दोलनमा उत्रियौं,’ उनले भने ।, यो समाचार कान्तिपुर दैनिकबाट साभार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्