Logo
Logo

मौसम पूर्वानुमानः आज केही स्थानमा वर्षा


504
Shares

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश नं १, प्रदेश २ र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भएको छ ।

नेपालमा हाल मनसुन न्यून चापीय रेखा औसत स्थान नजिक रहेको छ । बिहीबार देशभर सामान्य बदली रही धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । शुक्रबार र शनिबार पनि देशभर सामान्य बदली रही धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्