Logo
Logo

एमसीसी उपाध्यक्ष सुमारको विरोध गर्ने ६ जना पक्राउ



काठमाडौं । एमसीसी उपाध्यक्ष फातिमा सुमार काठमाडौं आउँदा विरोध गर्न विमानस्थल पुगेका ६ जना पक्रा परेका छन् । पक्राउ पर्नेमा अधिवक्ता स्वागत नेपालसमेत रहेका छन् ।

महानगरीय प्रहरी परिसरका प्रवक्ता एसपी रमेश बस्नेतका अनुसार त्रिभुवन विमानस्थल बाहिरबाट अधिवक्ता स्वागत नेपालसहित ६ जनालाई पक्राउ गरिएको हो । एमसीसी उपाध्यक्ष फातिमा सुमारको टोली काठमाडौं आएलगत्तै विरोध गरेपछि उनीहरुलाई पक्राउ गरिएको हो ।

एमसीसी सम्झौता कार्यन्वयनका लागि फातिमा सुमारको टोली आज बिहान काठमाडौं आइपुगेको छि । उक्त टोलीले प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री जनार्दन शर्मा, उर्जामन्त्री पम्फा भुसाललगायतलाई भेट गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्