Logo
Logo

पशुपतिनाथ मन्दिर नखुलेपनि भक्तजनको भीड



काठमाडौं । कोरोना महामारीका कारण यसपालिको तीजमा पनि पशुपतिनाथको मन्दिर खुलेको छैन । यसअघि तीजमा मन्दिर खुलाउन सकिने पशुपति क्षेत्र विकास कोषले जनाएको थियो । तर, मन्दिर खोल्दा अत्याधिक भिडभाड हुने र संक्रमण फैलिने उच्च जोखिम भएकाले मन्दिर नखुलाएको कोषले जनाएको छ ।

मन्दिर नखुले पनि भक्तजनहरू त्यहाँ पुगेर बाहिरैबाट पूजा–आराधना गरेर फर्किने गरेका छन् । कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाका अनुसार कोरोना महामारीलाई ध्यानमा राख्दै पशुपतिनाथको मन्दिर आउँदो १ असोजदेखि सर्वसाधारणका लागि खुला गरिने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्