Logo
Logo

मातृका अस्पतालमा शंकास्पद वस्तु फेला



काठमाडौं । काठमाडौंको सेतो पुलस्थित मातृका आँखा अस्पतालमा शंकास्पद वस्तु भेटएको छ । आँखा अस्पतालको भवनभित्र शंकास्पद वस्तु फेला परेको हो ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहका अनुसार अस्पतालको तेस्रो तलामा टाइमरजस्तो देखिने शंकास्पद वस्तु फेला परेको छ । विष्फोटक पदार्थ भएको आशंकामा नेपाली सेनाको बम डिस्पोजल टोली पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्