Logo
Logo

राष्ट्रपतिद्वारा प्रधानसेनापति शर्मालाई दर्ज्यानी चिन्ह प्रदान



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मालाई दर्ज्यानी चिह्न प्रदान गरेकी छन् । बिहीबार राष्ट्रपतिको कार्यालय शितल निवासमा आयोजित एक कार्यक्रमबीच प्रधानमन्त्री शेरबहादुर देउवा र सभामुख अग्नि सापकोटाको उपस्थितिमा राष्ट्रपति भण्डारीले शर्मालाई दज्र्यानी चिन्ह प्रधादना गरेकी हुन् ।

अघिल्ला प्रधानसेनापति पूर्णचन्द्र थापाको तीन वर्षे पदावधि २४ भदौमा सकिएपछि शर्मा प्रधानसेनापति बनेका हुन् । शर्मालाई राष्ट्रपति भण्डारीले ११ भदौमा प्रधानसेनापतिमा नियुक्त गरेकी थिइन् । पदावधि समाप्त हुनुभन्दा एक महिनाअघि अर्थात साउन २५ गतेदेखि थापा घरविदामा बसेपछि जेष्ठताका आधारमा शर्माले कायममुकायम प्रधान सेनापतिको जिम्मेवारी पाएका थिए ।

प्रतिक्रिया दिनुहोस्