Logo
Logo

महामन्त्रीमा चुनाव लड्ने शर्माको घोषणा



काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आसन्न महाधिवेशनमा महामन्त्री पदमा चुनाव लड्ने घोषणा गरेका छन् । बिहीबार बिपी कोइरालाको जन्मजयन्तीको अवसरमा शर्माले १४औँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने औपचारिक घोषणा गरेका हुन् ।

बिहीबार बिपीको १०८औँ जन्मजयन्तीका अवसरमा सुन्दरीजलस्थित बिपी संग्रहालयमा बिपी–गणेशमान सिंहको शालिकमा माल्यार्पण गरेपछि उनले उमेदवारी घोषणा गरेका थिए । महामन्त्री उम्मेदवार हुने घोषणा गरेपछि उनले आफू महामन्त्री बने नेपाली कांग्रेसलाई लगातार तीन आमनिर्वाचन जिताउन भूमिका खेल्ने संकल्प पनि गरे ।

शर्माले महामन्त्रीमा उम्मेदवारी घोषणा गरेसँगै यसपालि कांग्रेस महाधिवेशन रोचन हुने देखिएको छ । कांग्रेसका युवा नेताहरू योपटक महामन्त्री पदमा आमनेसामने हुने भएका छन् । कांग्रेसको महाधिवेशन मंसिर ९ गतेदेखि १३ गतेसम्म काठमाडौंमा हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्