एमसीसी उपाध्यक्षलाई कालो झण्डा देखाउने १५ जना पक्राउ « Drishti News – Nepalese News Portal
Logo

एमसीसी उपाध्यक्षलाई कालो झण्डा देखाउने १५ जना पक्राउ


दृष्टि संवाददाता


काठमाडौं । अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)का उपाध्यक्ष फातिमा सुमारलाई कोटेश्वरमा कालोझण्डा देखाउने १५ जना पक्राउ परेका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बालकोट निवासमा भेटेर फर्किने क्रममा कोटेश्वरमा सुमारलाई कालोझण्डा देखाउनेहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले एमसीसी सम्झौता विरोधी आन्दोलनकारीलाई पक्राउ गरेपछि उनीहरुको रिहाइको माग गर्दै कोटेश्वरमा थप प्रदर्शन गरेका छन् । पक्राउ परेकाहरुलाई महानगरीय प्रहरी प्रभाग कोटेश्वरमा राखिएको छ ।

नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी लगायत विभिन्न पार्टी तथा संघ संस्थाका प्रतिनिधि एमसीसीको विरोध गर्दै प्रर्दशनमा उत्रेका थिए ।

प्रतिक्रिया दिनुहोस्