Logo
Logo

विवाद समाधान नहुँदै डडेलधुरामा कांग्रेस वडा अधिवेशन शुक्रबार हुने



काठमाडाैं। क्रियाशील सदस्यता विवाद नटुङ्ग्याइँदै डडेलधुरामा नेपाली कांग्रेसको वडा अधिवेशन शुक्रबार हुने भएको छ । बिहीबार निर्वाचन अधिकृत लोकेन्द्रबहादुर बमले शुक्रबार नै अधिवेशन हुने सूचना जारी गरेका हुन् ।

यसअघि बुधबार कांग्रेस जिल्ला सभापति कर्णबहादुर मल्लले क्रियाशील सदस्यता विवादमा देखिएको भन्दै अधिवेशन स्थगित गरेको सूचना जारी गरका थिए ।

विवाद समाधान गरेर मात्रै अधिवेशन हुनुपर्ने भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि र नेता शेखर कोइरालाले सभापति शेरबहादुर देउवालाई आग्रह गरेका थिए ।

तर, बिहीबिार अधिकृत बमले विज्ञप्ति निकालेर अधिवेशन शुक्रबार नै हुने स्पष्ट पारेका छन् । डडेलधुरा सभापति देउवाको गृह जिल्ला समेत हो ।

प्रतिक्रिया दिनुहोस्