Logo
Logo

कुवेतमा बालुवाको ढिस्कोमा पुरिएर दुई नेपालीको मृत्यु



काठमाडौं । कुवेतमा बालुवाको डिस्कोले पुरिँदा दुई नेपालीको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । कुुवेतमा निर्माणाधीन नयाँ अन्तर्राष्ट्रिय विमानस्थल टर्मिनल–२ को भूमिगत पाइप मर्मत गर्ने क्रममा बालुवाको ढिस्कोले पुरिँदा बुधबार दुई नेपालीको मृत्यु भएको हो ।

कुवेतस्थित नेपाली दूतावासका अनुसार मृतक दुवै झापका हुन् । झापाको हल्विारी गाउँपाािलका–१ गोलधापका यमबहादुर कुटवाल र बाह्रदशी गाउँपालिका–६ चकचकीका सुकलाल राजवंशीको मृत्यु भएको हो ।

यस्तै, रोल्पाका सर्वजित महराको भने फर्वानिया अस्पतालमा उपचार भइरहेको छ । कुवेतका लागि नेपाली राजदूत दुर्गाबहादुर भण्डारी र मिनिस्टर काउन्सेलर प्रकाशमणि पौडेलले घाइते महरालाई भेट्न अस्पताल पुगेका थिए ।

घटनाप्रति दूतावासले समवेदना समेत प्रकट गरेकाे छ ।

प्रतिक्रिया दिनुहोस्