Logo
Logo

एमसीसी उपाध्यक्ष फातिमा र माधव नेपालबीच भेटवार्ता



काठमाडाैं । अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसनको (एमसीसी) को टोलीले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेटेको छ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटे लगत्तै एमसीसी उपाध्यक्ष फातिमा सुमार र नेपालबीच सिंहदरबारस्थित संघीय संसद सचिवालय भवन नम्बर १ को अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सभापतिको कार्यकक्षमा भेटवार्ता भएको हो। 

टोलीले अध्यक्ष नेपालसँग समाजवादीको संसदीय दलको कार्यालयमा पुगेर एमसीसी पास गरेर अघि बढिदिन आग्रह गरेको थियाे । भेटमा भएकाे छलफलका बारेमा भने नेपालकाे सचिवालयले कुनै जानकारी सार्वजिनक गरेकाे छैन ।

भेटवार्तामा माधव कुमार नेपालसहित प्रमेश हमाल तथा नेपालका स्वकीय सचिव मोहन गौतम सहित ५ जना र एमसीसीकी उपाध्यक्ष सुमारसहित पदाधिकारी समेत ६ जना गरी ११ जनाको उपस्थिति थियाे ।

प्रतिक्रिया दिनुहोस्