Logo
Logo

एमसीसी उपाध्यक्ष नेपाल आएकोदेखि शीर्ष नेतासँग भेटघाटमा व्यस्त भएकाेसम्म



हेडलाइन्स् :

१. एमसीसी कम्प्याक्ट अपरेशनकी उपाध्यक्ष फातिमा सुमार नेतृत्वको टोली चार दिने नेपाल भ्रमणमा, एमसीसी परियोजनालाई पारित गराउने विषयमा शीर्ष राजनीतिक दलसँग छलफल गर्ने, शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट गर्ने कार्यक्रम, टोलीको नेपाल बसाई भरि काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्था कडा पारियो, एमसीसी विरुद्ध प्रदर्शन गर्ने प्रदर्शनकारी विभिन्न स्थानबाट नियन्त्रणमा लिइयो, उपाध्यक्षलाई कालो झण्डा देखाउने १५ जना प्रहरीको नियन्त्रणमा ।

२. नेपाल भ्रमणमा आएलगत्तै एमसीसी उपाध्यक्ष भेटघाटमा सक्रिय, बालकोट पुगेर एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाट, सरकारमा रहँदा एमसीसी पारित गर्न खोजिएको ओलीको प्रतिक्रिया, तत्कालीन सभामुख र केही नेतााका कारण पारित गर्न नसकिएको ओलीको प्रष्टीकरण, पार्टी प्रतिपक्षमा रहेकाले सरकारले छलफलका लागि बोलाएपछि मात्रै आफ्नो धारणा बनाउने ओलीको भनाइ, नेपालको अवस्थालाई ध्यानमा राखेर अनुदानका रूपमा सहायता उपलब्ध गराउन खोजिएको सुमारको ओलीलाई जवाफ ।

३. एमसीसी उपाधयक्ष फातिमा सुमार र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता, छलफलमा सुमार र सहायक उपाध्यक्ष जोनाथन ब्रुक्ससहितको टोलीले एमसीसी सम्झौता पास गरेमा नेपालको पक्षमा रहेको र नगरेमा अहित हुने नेपाललाई दियो जानकारी, एमसीसी परियोजना नेपाली जनता र राष्ट्रको हित भन्दा बाहिर गएर अघि बढ्न नसक्ने टोलीलाई नेपालको जवाफ, सत्ता गठबन्धनमा छलफल गर्ने नेपालको प्रतिवद्धता ।

४. सर्वोच्च अदालतद्वारा कांग्रेस महाधिवेशन रोक्न माग गर्दै परेको रिट खारेज, कांग्रेस महासमिति सदस्य नरोत्तम वैद्यले कोरोना महामारी नियन्त्रण नभएसम्म महाधिवेशन रोक्न माग गर्दै दायर रिटमा न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासद्वारा रिट निवेदन खारेज, क्रियाशीलि सदस्यता विवाद नटुंग्याइकनै शुक्रबार डडेलधुरामा वडा अधिवेशन हुने ।

५.सत्तारुढ पाँच गठबन्धनबीच एमसीसीको विषयमा जुटेन सहमति, संसदमा एमालेले गरेको अवरोधका विषयमा समीक्षा, मन्त्रिपरिषद विस्तारको विषयमा पनि दलहरू अलमलमा, माधवकुमार नेपाल र १४ जना संघीय सांसदसहितको पद खारेजीको विषयमा एमाले अध्यक्ष केपी ओलीले सर्वोच्च अदालतमा दायर गरेको रिटको टुंगो लाग्न अझै केही समय लाग्ने भएपछि तत्काल एकचरण मन्त्रिपरिषद् विस्तार गर्ने र पछि अर्को चरणमा सरकारलाई पूर्णता दिने तयारी ।

६. आन्तरिक राजश्व विभागलाई भारतीय कम्पनी मद्रास सेक्युरिटी प्रिन्टर्ससँग तत्काल अन्तःशुल्क स्टिकर छपाइ सम्झौता नगर्न सर्वोच्च अदालतको अन्तरिम आदेश, न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले मंगलबार कारबाहीमा परेको उक्त कम्पनीसँग तत्काल सम्झौता नगर्न अल्पकालीन अन्तरिम आदेश, भदौ ३० मा दुवै पक्षलाई छलफलका लागि बोलाइयो, मद्रास सेक्युरिटी प्रिन्टर्स भारतमा आधार कार्ड छपाइमा, बैंक अफ मोरिसर्सले बैंक चेक छपाइमा, केन्यामा अन्तःशुल्क छपाइमा कालो सूचीमा परेको कम्पनी भएको निवेदनहरूको दाबी ।

७.नवनियुक्त प्रधानसेनापति प्रभुराम शर्माद्वारा राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सपथ ग्रहण, राष्ट्रपतिद्वारा महारथीको दर्ज्यानी चिह्न प्रदान, चिह्न पाएसँगै शर्माद्वारा बिहीबारदेखि सेनाको औपचारिक नेतृत्व लिए, शर्माले अब तीन वर्ष नेपाली सेनाको नेतृत्व गर्ने ।

८. नेपाल राष्ट्र बैंकद्वारा क्रिप्टोकरेन्सीसम्बन्धी कारोबार नगर्न आग्रह, क्रिप्टो करेन्सीको कारोबार गर्नेलाई राष्ट्र बैंकले कारवाही गर्ने, मुद्रा अपचलन आरोपमा मुद्दा लगाउन सकिने, लगातार घटिरहेको सेयर बजार स्थिरः सात अर्ब रुपैयाँको किनबेच, कमाउने र गुमाउने बराबरी, कोभिडले थला परेका होटल र हवाइ सेवालाई राष्ट्र बैंकको ठूलो राहत, ब्याज रकम दुई बर्षसम्म फ्रिज, नेपालमा रहेको प्रत्यक्ष बैदेशिक लगानीमध्ये साढे २७ प्रतिशत उर्जा क्षेत्रमा, बैंकिङ्ग क्षेत्रमा २७.३ प्रतिशत, बैदेशिक लगानी साढे ८ प्रतिशतले बढ्यो, नयाँ लाइसेन्स आवेदन तिहारपछि मात्रै खुलाउने तयारी, ७० अंक प्रणाली तत्काल लागु नहुने ।

९.एएफसी महिला एसिया कप छनोटको तयारी स्वरूप दुई मैत्रीपूर्ण खेल अन्तर्गत बिहीबार भएको नेपाल र बंगलादेशीबीचको पहिलो खेलमा राष्ट्रिय महिला फुटबल टिम विजयी, डेब्यु खेलाडी सविता र प्रीतिको गोलमा नेपाल दुईका विरुद्ध एक गोल अन्तरले विजयी, दोस्रो खेल आइतबार हुने, (साफ)को अन्तिम तयारीका लागि कतार जान लागेको नेपालको राष्ट्रिय फुटबल टिमले कतारमा १५ दिन अभ्यास गर्ने, नेपाल र पपुवान्यूगिनीबीचको दोस्रो मैत्रीपूर्ण खेल शुक्रबार हुने ।

१०.र, उत्तर कोरियाले गर्‍यो सैन्य परेड, चीनद्वारा अफगानिस्तानलाई ३ करोड १० लाख डलर सहयोग दिने घोषणा, मेक्सिको एक अस्पतालमा बाढी पस्दा १७ जना विरामीको मृत्यु,इन्डोनेसियाको कारागारमा आगलागि हुँदा ४० कैदीबन्दीको मृत्यु, ५० भन्दा बढी घाइते,महिलाको प्रदर्शनबारे समाचार लेख्ने पत्रकारमाथि तालिबानद्वारा कुटपिट, अफगानिस्तानलाई कुनै पनि मुलुकविरुद्ध प्रयोग नगर्ने राष्ट्र संघीय सुरक्षा परिषद्को प्रतिबद्धता ।

प्रतिक्रिया दिनुहोस्