Logo
Logo

एमसीसी उपाध्यक्षलाई जसपाको जवाफ, ‘गठबन्धनमा छलफलपछि निर्णय लिन्छौं’



काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) ले प्रमुख दलहरूबीच सहमति गरेर एमसीसीबारे आवश्यक निर्णय लिने एमसीसी उपाध्यक्ष फातिमा सुमार र सहायक उपाध्यक्ष जोनाथन ब्रुक्ससहितको टोलीलाई  जवाफ दिएको छ ।

विहिवार साँझ भएको भेटमा जसपा नेताले टोलीलाई गठवन्धनसँग छलफल गरेर निर्णय गर्ने जवाफ दिएको हो ।

जसपा संघीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले ट्वीट गरेर प्रमुख दलहरूबीच सहमति गरेर आवश्यक निर्णय लिने जवाफ दिएको जानकारी दिएका छन् ।

‘नेपाल भ्रमणमा रहेका एमसीसीका उपाध्यक्ष र सहायक उपाध्यक्षसँग उपयोगी छलफल ! प्रमुख दलहरूबीच सहमति गरेर आवश्यक निर्णय गरिने जानकारी !’ भट्टराईले लेखेका छन् ।

छलफलमा जसपा अध्यक्ष उपेन्द्र यादव पनि सहभागी थिए ।

विहिवार नेपाल आएको टोलीले अपराह्न एमाले अध्यक्ष केपी ओली र नेका (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालसँग छलफल गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्