Logo
Logo

खुमलटारमा प्रचण्डसँग फातिमाको १ घण्टा छलफल



काठमाडौं । अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) उपाध्यक्ष फातिमा सुमारको टोलीले माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेको छ ।

सुमारको टोलीले शुक्रबार बिहान खुमलटार पुगेर प्रचण्डसँग भेटवार्ता गरेको हो । उनीहरुबीच करिब एक घण्टा कुराकानी भएको थियो । भेटवार्तामा प्रचण्डको सचिवालयका प्रतिनिधि र एमसीसीका प्रतिनिधि सहभागी थिए ।

प्रचण्डसँग भेटेर उनले एमसीसी पारित हुन वातावरण बनाउन आग्रह गर्नुका साथै प्रचण्डलाई एमसीसीबारे विश्वस्त गराउन प्रयास गरेकी छन् ।

हिजो (विहिबार) नेपाल आएकी उनले एमाले अध्यक्ष केपी ओलीबाट भेटवार्ता सुरु गरेकी थिइन् भने नेकपा एसका अध्यक्ष माधव कुमार नेपालसँग पनि भेट गरेकी थिइन् । आजै उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि भेट गर्दैछन् ।

प्रचण्डले एमसीसीको बारेमा थप बहस आवश्यक रहेको बताएको उनको सचिवालयले जनाएको छ । यो राष्ट्रिय बहसको विषय बनिसकेको भन्दै अध्यक्ष प्रचण्डले यसमा सबै दलबीच सहमति हुनुपर्नेमा जोड दिएको उनको सचिवालयले जनाएको छ ।

सुमारले आफू कसैलाई दवाव दिन वा लबिङमा आएको नआएको बताउँदै एमसीसीको विषयमा अन्तर्क्रिया गर्न मात्र आएको जानकारी दिएको भेटलाई उद्धृत गर्दै अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्