Logo
Logo

सत्तारूढ गठबन्धनको बैठक जारी



काठमाडौं । प्रधानमन्त्रीको निवास बालुवाटारमा सत्तारूढ गठबन्धनको बैठक बसेको छ । सत्ता गठबन्धनको बैठक शुक्रबार बिहान बसेको हो ।

बैठकमा सत्तागठबन्धनका पाँच दलका शीर्ष नेताहरू सहभागी छन् । मन्त्रिपरिषद विस्तार गर्नेलगायत विषयमा कुराकानी गर्न बैठक बसेको हो ।

बैठकमा नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जसपा अध्यक्ष उपेन्द्र यादव, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलबीच छलफल भएको हो ।

बैठकमा कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का पनि छन् । गठबन्धन बैठक जारी रहेको प्रधानमन्त्री देउवाको सचिवालयले जनाएको छ ।

बिहीबार पनि गठबन्धन बैठक बसेको थियो । गठबन्धन बैठकपछि मन्त्रिपरिषद बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्